१६ चैत्र २०८०, शुक्रबार
Follow Us

श्रद्धा अर्याल अब म्युजिक भिडियोमा

नेपालब्रिटेन डट कम्
१० माघ २०७५, बिहीबार १६:०९

लण्डन । कान्तिपुर टेलिभिजनकी चर्चित प्रस्तोता श्रद्धा अर्यालको म्युजिक भिडियो सार्वजानिक भएको छ । पछिल्लो पुस्तामा निकै चर्चामा रहेकी अर्यालको यो पहिलो म्युजिक भिडियो हो । विहीवार युट्युव मार्फत सार्वजानिक भएको मायाई माया शिर्षकको सो म्युजिक भिडियोमा दिपक लिम्बुको स्वर रहेको छ भने लक्षमण भट्टको समेत अभिनय रहेको छ । महेश खड्काको म्युजिक रहेको सो भिडियोको इडिटिगं विकास धमलाले गरेका हुन् ।

१५ वर्ष अघि रेडियोको माध्यमबाट संचार क्षेत्रमा प्रवेश गरेकी अर्याल विगत १ दशक देखी टेलिभिजन प्रस्तोता छन् । नयाँ युवा पुस्तामा उदयमान अर्याल कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम कान्तिपुर आजको निर्मात समेत हुन् ।