१३ बैशाख २०८१, बिहीबार
Follow Us

एकता प्रक्रिया टुङ्ग्याएर छिट्टै अभियानमा जाने अध्यक्ष प्रचण्डको भनाई

sarusaru
२४ माघ २०७५, बिहीबार ०५:४४

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दैै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् ।
चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिए ।
उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्षले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन । सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ । ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित बिषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ ।’ उहाँले नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताउनुभयो ।