७ बैशाख २०८१, शुक्रबार
Follow Us

डिभोर्सपछि जसकाे सम्बन्ध टुंगिएन, बने मिल्ने साथी

sarusaru
२४ माघ २०७५, बिहीबार ०६:५३

मुम्बई – बलिउिडमा त्यस्ता केही कलाकार छन् । जसको डिभोर्स भएपछि सम्बन्ध अझै साथीका रुपमा मजबुत रहेको छ । बलिउडका ती कलाकार जो डिभोर्स पछि पनि एक अर्काको राम्रो साथी रहेका छन् ।

आमिर खान र रीना दत्तले १९८६ मा भागेर बिबाह गरेका थिए । १६ बर्षसँगै रहेपछि दुबै छुट्टिएका हुन् । डिभोर्सपछि पनि यी दुबैले बच्चाको ध्यान राख्ने गरेका छन् । रीना धेरै समय आमीरका साथ पार्टी तथा फ्यामिली फङ्शनमा पनि देखिने गरेकी छन् । यी दुबै आज पनि राम्रो साथी रहेका छन् । आमिरको ५० औ जन्मदिनमा रीना सहित पुरै फ्यामिली समेत सरिक भएका थिए । आमिरको दोस्रो पत्नी किरण रावका साथ रीनाको पनि राम्रो सम्बन्ध रहेको छ ।

मनीष मखीजा र पुजा भट्ट केही पहिले छुट्टीएका हुन् । ११ बर्षको सम्बन्ध यी दुबैले डिभोर्समार्फत सिध्याएका हुन् । तर पनि अहिले मनीष पुजाको साथ दिन हमेसा तयार रहने गरेका छन् । यी दुबै २००३ मा एक भएका थिए ।

रणवीर शौरी र कोंकणा सेनले पाँच बर्षको सम्बन्ध तोडेका हुन् । तर साथीका रुपमा यी दुबै एकसाथ देखिने गरेका छन् । २०१६ मा कोकणाले चलचित्र ‘ए डेथ इन द गुंज’ निर्देशन गरेकी थिइन् । चलचित्रमा रणवीरले अभिनय गरेका थिए । यी दुबैले २०१०मा बिबाह गरेका थिए ।

रोडिज फेम रुघुराम र सुगंन्धा बिच भर्खर मात्र डिभोर्सभएको हो । लामो समय देखि एक अर्काेसँग छुट्टीएर रहँदै आएका यी दुबै साथकिा रुपमा सधै एकसाथ देखिने गरेका छन् । २००६ दुबैले बिबाह गरेका थिए ।

निर्देशक अनुराग कश्यप र कल्की कोचलिन बीच पनि दुई बर्ष अगाडि डिभोर्स भएको हो । पाँच बर्ष सँगै बिताएका दुबै अहिले पनि एक अर्काेको खुलेर सपोट गर्ने गर्दछन् । २०११मा यी दुबैले बिबाह गरेका थिए ।
ऋतिक रोशन र सुजैन खानबिच डिभोर्सभैसकेको छ । १४ बर्ष एकसाथ रहेर उनीहरुले डिभोर्सगरेका हुन् । डिभोर्सपछि पनि यी दुबै साथीको रुपमा एक अर्काेको नजिक छन् । दुबैले २००० मा बिबाह गरेका थिए । केही समय पहिले ऋतिक र कंगनाको एक कन्ट्रोवर्सी समाचार बाहिर आएको थियो । सो समय सुजैले ऋतिकको पुरै सपोट गरेका थिए ।

अरबाज खान र मलाइका अरोडा बीच २०१७ मा डिभोर्स भएको थियो । डिभोर्सपछि पनि यी दुबै कयौ पटक एकसाथ लन्च र डिनरमा देखिएका छन् । पती पत्नीको सम्बन्ध सकिएपनि दुबैका बीच साथीको सम्बन्ध अझै कायम रहेको छ । यी दुबैको अरहन नामको एक छोरा पनि छ । १८ बर्षको साथ यी दुबैले तोडेका हुन् । सन् १९९८मा यी दुबै बिबाह बन्धनमा बाँधिएका थिए ।