१३ बैशाख २०८१, बिहीबार
Follow Us

भेनेजुएला प्रकरणमा फेरि बोले प्रचण्ड

sarusaru
२४ माघ २०७५, बिहीबार ०६:५९

चितवन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ आफूले भेनेजुयला प्रकरणमा वक्तव्य दिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सो वक्तव्यबारे असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष दाहालले बिहीबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ पार्टीको सचिवालय बैठक र परराष्ट्र मन्त्रालयले समेत सोही स्पिरिटको वक्तव्य जारी गरीसकेकाले त्यसमा अरुका व्यक्तिगत कुराले केही अर्थ नराख्ने पनि स्पष्टपारे ।
अर्को प्रकरणमा प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दैै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् ।

उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’

उनले नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताए ।