११ बैशाख २०८१, मंगलवार
Follow Us

रेलवे लिगमा दुई किशोरीको शव फेला

sarusaru
२८ माघ २०७५, सोमबार ०२:४४

वीरगञ्ज । रक्सौलको रेलवे लिगमा वीरगञ्जकी दुई किशोरीको शव फेला परेको छ । रक्सौल–सुगौली रेलवे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिगमा उनीहरूको शव फेला परेको छ ।

घटना स्थलमा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको छ । परिचयपत्रमा निभा कुमारी साह नाम उल्लेख छ ।

पर्साको कलिकामाई गाउँपालिका–२ भेडिहारी बस्ने राजेश्वर साहले आफ्नो छोरी निभा विपीसी कलेजको कक्षा ११ मा अध्यनरत रहेको बताए । अर्की छात्रा सोही गाउँपालिका–३ हरिहरपुर बस्ने किरण चौरसिया रहेको खुलेको छ । एक जनाको खुट्टा काटिएको छ भने अर्कीको टाउको नै काटेको अवस्थामा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले दुईजना नेपाली छात्राहरुको मृत्यु भएको खबर प्रहरीमा पनि आएको तर आधाकारित पुष्टि नभएको बताए ।
डिसी नेपाल