७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजकुमार फिलिपले त्यागे अनुमतिपत्र

sarusaru
२८ माघ २०७५, सोमबार ०४:३०

बेलायतका राजकुमार तथा महारानी एलिजाबेथ द्वितीयका पति फिलिपले आफ्नो सवारीचालक अनुमतिपत्र स्वेच्छिक रूपमा त्याग गरेको घोषणा गरेका छन् । गत महिना आफैँले चलाएको ल्यान्ड रोभर जिप दुर्घटनामा परेपछि ९७ वर्षीय फिलिपले आइतबार सवारीचालक अनुमतिपत्र त्याग्ने घोषणा गरेका हुन् ।

सो दुर्घटनापछि वयोवृद्धले सवारी चलाउन पाउने कि नपाउने भन्नेबारे बहस भएको थियो । बकिंघम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रूपमा लाइसेन्स त्याग गरेको जनाएको छ ।

प्रहरीले फिलिपको दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्तासमक्ष पठाएको छ । राजदरबारबाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सिपिएस) समक्ष पठाइएको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिका