१५ चैत्र २०८०, बिहीबार
Follow Us

वर्षा र सन्जोगले गरे इङ्गेजमेन्ट

sarusaru
२९ माघ २०७५, मंगलवार ०७:१९

२ फागुन विवाह गर्न लागेका प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।
सोमबार राजधानीको एक पार्टी प्यालेसमा यो जोडीले इन्गेज्मेन्ट गरेका हुन् । इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदश्य मात्र सहभागी थिए ।
इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै गराएका हुन् । लामो समयदेखि प्रेममा रहेका जोडी अहिले विवाह तयारीमा छन् ।
विवाह मिति ‘भ्यालेन्टाइन डे’ भएपनि स्थान भने अहिले सार्वजनिक गरिएको छैन ।
वर्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् ।
उनका लगातार चलचित्र आइरहेका छन्, भने संजोगले पनि केही चलचित्र अभिनय गरेका छन् ।