१३ बैशाख २०८१, बिहीबार
Follow Us

बलेवामा प्याराग्लाईडिङको सफल परीक्षण

sarusaru
१ फाल्गुन २०७५, बुधबार १०:३४

बागलुङ – जिल्लाको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । मंगलबार पोखराको लेक भ्याली प्याराग्लाईडिङ कम्पनीले सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैञ्युँपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी बगलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा बिमानस्थलनमा सफल अवतरण गरेको पाईलट टेक बहादुर थापाले बताए । प्रथम बलेवा महोत्सवको अवसरमा मुख्य आकर्षणको रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको मंगलबार परिक्षण उडान गरिएको थियो ।

भुगोल र हावाको गतिका हिसाबले बलेवामा प्याराग्लाईडिङको सम्भावना रहेको पाईलट थापाले बताए । परिक्षण सफल भएपछि महोत्सव अबधिभर ६ वटा प्याराग्लाइडिङ र उडान गर्ने आयोजकले जनाएको छ । पोखरामा भैरहेको प्याराग्लाईडिङलाई बलेवामा पनि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ परीक्षण गरिएको नारायणस्वथान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताए । ‘पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आउँदा प्याराग्लाईडिङ बिस्थापित हुने कुरा छ’ पौडेलले भने ‘सम्भावना रहेकाले बलेवामा केही कम्पनीहरु आकर्षित गर्न सकने देखेर परीक्षण गरेका हौं ।

’ बलेवामा प्याराग्लाईडिङ गर्दा बागलुङको बलेवा क्षेत्रको मनमोहक दृष्यका साथै पर्वत सदरमुकाम कुश्मा बजार, बागलुङ सदरमुकाम बागलुङ बजार, फलेवास नगरपालिका र धौलागिरी माछापुच्छ्रे लगायतका हिम श्रृङ्खला देख्न सकिने भएकाले यो क्षेत्रमा सम्भावना रहेको पौडेलले बताए । बलेवाको पर्यटन विकासका लागि प्याराग्लाइडिङ महत्वपुर्ण भएको भन्दै सफल परीक्षणले आँफुलाई हौसाएको बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष गुरुदत्त पाठकले बताए । पाईलटले उडान र अवतरणमा कुनै पनि समस्या नरहेको बताएकाले नियमित सञ्चालनको पहल थालिने पाठकको भनाई छ । सफा मौसम रहेको बेला बलेवामा सुरक्षित गरिकाले प्याराग्लाईडिङ गर्न सकिने पाईलट थापाले बताए ।