१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कतारमा ३० नेपाली कामदारहरुले सुनको सिक्का पाए

sarusaru
१ फाल्गुन २०७५, बुधबार ११:०५

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत ३० जना कामदारहरुलाई कम्पनी
मालिक आसर अल अलीले १० ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् ।
कम्पनी मालिक
अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले
दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६
वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान
गरेका थिए ।
समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद
इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको
हौसला र मनोवल बढाउदै आइराखेको छ ।