१२ बैशाख २०८१, बुधबार
Follow Us

डा.कपिल रिजालको ‘सुस्तरी’ उपहार (भिडियो)

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार १६:५४

लण्डन । डा.कपिल रिजाल निर्देशित एक म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतको लोकप्रिय ब्यबसायी, समाजसेवी तथा म्युजिक भिडियो निर्देशक डा.कपिल रिजालले दर्शक श्रोतालाई सुस्तरी बोलको म्युजिक भिडियो उपहार दिएका छन्। बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लबका अध्यक्ष डा.रिजाल निर्देशित म्यूजिक भिडियो बिहिबार सार्वजनिक भएको हो । भानु भट्टराइले कम्पोच र रचना गरेको यस गीतमा लन्डन बस्ने लोकप्रिय गायक अनिस पाण्डे र चर्चित गायिका अन्जु पन्तले स्वर भरेका छन् । बेलायतको बिभिन्न लोकेसनमा खिचिएको यस म्यूजिक भिडियोमा टंक धमला र अब्बी रानाको अभिनय रहेको छ ।

सुरेश पाठकले सह निर्देशन गरेको गीतको भिडियोलाई सुमन श्रेष्ठले सम्पादन गरेका छन् । यस अघि पनि डा.कपिल रिजालले नेपाल तथा बेलायतमा कयौँ म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । गत बर्ष मात्र उनी निर्देशित म्यूजिक भिडियो ‘मेरो मनमा’ सार्वजनिक भएको थियो । उक्त गीतमा शर्मिला बर्देवा र सपनाकुमार राईले स्वर भरेका थिए । हाल भने डा।कपिल छिटै फिचर फिल्म गर्ने तयारीमा छन् । डा.रिजालको लगानी रहेको अनमोल केसी अभिनित चलचित्र ‘ड्रिम्स’ हिट साबित भइसकेको छ ।