७ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चित व्यक्ति तथा सेलिब्रिटीहरुको फेसबुक ह्याक हुन थाल्यो

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ११:३३

मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । पौडेलले आफ्नो फेसवुक शुक्रवार वेलुकी ६ वजेवाट ह्यक भएको बताएका छन् । ह्याकरले राजु मास्टरको फेसबूक ह्याक गरि विभिन्न अश्लिल दृश्यह? पोष्ट गरिरहेको छ । उनको ह्याक भएको फेसवुकमा कोरिएन भाषाका शव्द लेखिएको कारण कोरियावाट ह्याक भएको अनुमान गरिएको छ ।
फेसवुक ह्याक भएर अनावश्यक तस्वीरह? पोष्टह? हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकह?लाई सचत गराउंदै नयां फेसवुक खोलिएको र पुरानो फेसवुक आइडिमा व्लक गरिदिन सवैमा अनुरोध गरेका छन् ।

पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीह?को फेसबुक ह्याक हुने क्रम बढेको छ । फेसवुक ह्याक भएपछि कलाकारले प्रहरी गुहार्नु परेको छ । वर्षदेखि प्रयोग गर्दै आएको आफ्नो फेसवुक ह्याक भएपछि चर्चित हास्य कलाकार राजु पौडेल उर्फ राजु पौडेलले प्रहरीको साहारा लिएका छन् । चर्चित हास्य टेलिश्रृंखला मेरी वास्सैका निर्देशकसमेत रहेका हास्य कलाकार राजु मास्टरको पांच हजार भन्दा वढि साथी र नौहजार भन्दा वढि फलोअर्स रहेको उनको जानकारीमुलक फेसवुक ह्याक भएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।