१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ईन्जिनीयरहरुले लिए जिआईएस तालिम

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार २२:३३

दिनेश कुमार परियार। लण्डन बेलायतका नेपाली ईन्जिनीयरहरुले भौगोलिक सूचना प्रणालीको तालिम लिएका छन् । सोसाइटि अफ नेपालिज इन्जिनियर्स युकेले शनिबार लण्डनको ब्ल्याकहीथको एभरेष्ट ईन रेष्टुरेन्टमा आयोजना गरेको हो ।

जीआईएस अर्थात भौगोलिक सूचना प्रणाली सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनीयरहरु सहभागी थिए ।

जीआईएस बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए। उनले जीआईएसको इन्जिनियरिङ्ग एप्लीकेसन, बिभिन्न सप्टवेयरहरुकाबीच आपसी सम्बन्धको चर्चा गरिएको थियो ।

समाजका बरिष्ठ सदस्य तथा सल्लाहकार के. के. श्रेष्ठले यस किसिमका कार्यक्रम इन्जिनियर समुदायका लागि अति उपयोगी हुने धारणा राखे ।

समाजका सदस्य तथा तालिमका संयोजक बेद भट्टराइले कार्यक्रम संचालन गरेका थिए । उनले आगामी दिनमा अटोक्याड , रेभिट , भिजुअल बेसिक लयायतका अरु सप्टवयरहरुको पनि तालिम संचालन गरिने जानकारी दिए।

अन्य सहभागिहरुले पनि तालिमले पुर्नताजगी गराउनुका साथै उपयोगी भएको प्रतिकृया दिए ।

समाजका अध्यक्ष शैलेन्द्र श्रेष्ठले आगामी दिनहरुमा अरु उपयोगी तालिमहरु संचालनमा ल्याउने जनाए साथै ट्रैनिङ्ग टिम र सहभागीलाई धन्यबाद दिदै प्रमाण पत्र समेत प्रदान गरे