१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रियंका र आयुशमान अभियन्तामा नियुक्त

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०७:४०

नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।
अभियानताको रुपमा नियुक्त भएका उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो । केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए । साथै उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।