७ बैशाख २०८१, शुक्रबार
Follow Us

चितवन महानगरपालिकामा व्यापक अनियमितता भएको उपमेयर पार्वतीको दावी

sarusaru
१४ फाल्गुन २०७५, मंगलवार ०८:२५

चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् ।
मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर रेनु दहालले एकलौटी ढंगले चलाउन खोजेकाले अनियमितता बढेको दावी गरिन् ।
उनले मेयर दाहालमाथि १२ वटा आरोप समेत लगाएकी छन् । पत्रकार सम्मेलनमा उनले दुई वर्षसम्म पनि लेखा समिति गठन नगरेको, जिन्सी समिति गठन नगरेको, महत्वपुर्ण समितिहरु एकलौटी ढंगले गठन गरेको लगायतका आरोप लगाएकी छन् ।
पत्रकार सम्मेलनमा उपमेयर शाहले मेयरमा दाहाललाई जिताएर काँग्रेसले गल्ती गरेको पनि बताइन् ।
स्थानीय तह निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।
‘रेनुले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ’ उप्रप्रमुख शाहले भनिन्,‘ उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएपनि मेयरले यसबारे वेवास्ता गरेको बताइन् ।