१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा भएको आतंकवादी हमलाको विरोधमा मोटरसाइकल जुलुस

sarusaru
१४ फाल्गुन २०७५, मंगलवार ०९:२७

भारतमा भएको आतंकवादी हमलाको विरोधमा वीरगन्जमा मंगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल रयाली निकालेर प्रदर्शन गरेका हुन् ।

वीररगन्जको श्रीपुर स्थित जिल्ल प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको मोटरसाइकल रयाली घण्टाघर , माइस्थान , आदर्शनगर , घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो । मोटरसाइकल रयालीमा सहभागी नेता , युवा विधार्थीहरुले आतंकवाद र आतंकवादीलाइ संरक्षण दिने राष्ट्र मुर्दावाद , आतंकवाद विरुद्धको लडाइमा भारत हामी तिम्रो साथमा छौ , नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । उनिहरुले आतंकवाद र आतंकवादीलाइ संरक्षण दिने राष्ट्र मुर्दावाद , आतंकवाद विरुद्धको लडाइमा भारत हामी तिम्रो साथमा छौ भन्ने नारा पनि लगाएका थिए ।

घण्टाघरचोकमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुनेभन्दै आतंकवाद र आतंकवादीलाइ विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताउनु भयो । उहाले पछिल्लो समय भारतमा भएको आतंकवादी हमला र आतंकवादको खिलाफमा वीरगन्जमा आज युवा र विधार्थीहरुको सहभागीतामा मोटरसाइकल निकालेर प्रदर्शन गरिएको बताउनु भयो । आजको मोटरसाइकल रयाली प्रदर्शनले नेपालका युवा विधार्थीहरु आतंकवादको विरोधमा रहेको सन्देश दिन सफल भएको भन्दै महासचिव सिंहले आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको बताउनु भयो ।