१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफ्नै कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेर अस्ताए आङछिरिङ

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार ०२:३५

काठमाडौं– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– नेपाली नागरिक उड्डयन क्षेत्रका सबैभन्दा शक्तिशाली र सफल व्यवसायी थिए आङछिरिङ शेर्पा ।

यती, तारा र हिमालयन एयरलाइन्सका सञ्चालक शेर्पाको एयर डाइनेस्टी हेली सर्भिस प्रालिमा पनि लगानी छ । सन् १९९० को दशकबाट पर्यटन व्यवसायमा होमिएका उनी नेपालमा नागरिक उड्डयनसँगै पर्यटनका विविध क्षेत्रमा सफल मानिन्छन् । उनले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट र नाम्चेमा यती माउन्टेन होम्समा पनि लगानी गरेका छन् ।

थामसेर्कु ट्रेकिङ उनको सफल ट्रेकिङ कम्पनी हो । उनी राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाका देवर हुन् ।