१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फ्रान्सका लागि नेपाली राजदुत लुइन्टेललाई एनआरएनको विदाई

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ०५:२०

फ्रान्स – पोर्चुगल समेत कार्यक्षेत्र रहेको फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देबी लुइन्टेल मानन्धरलाई गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले यही सोमबार २५ फेब्रुअरीका दिन उनको ४ वर्ष २ महिना को फ्रान्सको कार्यकाल समाप्त भइ नेपाल फर्किन लागेकोमा “विशेष विदाई कार्यक्रम” सम्पन्न गरेको छ ।

राजदूतले आफ्नो तर्फबाट एन आर एन ए फ्रान्सलाइ मायाको चिनो प्रदान गर्दै संस्थाका का भुपु तथा बर्तमान कार्यसमितिका पदाधिकारीहरुलाइ खादा ओडाएर सम्मान गरेका थिए ।

संस्थाका सह–कोषाध्यक्ष अजय उप्रेतीको “द हिमालयन रेस्टुरेन्ट“ मा रात्रिभोजका साथ सम्पन्न कार्यक्रममा राजदुत लुइन्टेललाई प्रशंसा–पत्र, फुलको गुच्छा र खादा ओढाई संघका अध्यक्ष एक बहादुर मल्ल, आई सि सि सदस्य सुवर्ण हमाल, संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रमुख संरक्षक मुकुन्द अमात्य, सल्लाहकार तथा भुपु उपाध्यक्ष हरि सापकोटा र कार्यसमिति का पदाधिकारी एवं सदस्यहरू सबैले बिदाई गर्दै आ–आफ्नो भावना र मनका विदाईका शब्दहरू व्यक्त गरेका थिए ।

कुनै पारिवारिक बिछोडमाझै भावनात्मक वातावरणमा आफ्ना मनका शब्दहरु ब्यक्त गर्दै राजदुत लुइन्टेलले फ्रान्समा रहेका गैर आवसिय नेपालीहरुले अफुलाई दिएको साथ सहयोग र सद्भभाव प्रती धन्यवाद ब्यक्त गर्दै राजदुतावासले आफ्नो कार्यक्रालमा गरेका कामहरुको संक्षिप्त जानकारी दिईन् । साथै संस्थाले हालै सुरु गर्न लागेको नेपाली पाठशाला लगायत बिभिन्न सामाजिक कामहरुमा सफलता मिल्दै जाओस भनि शुभकामना दिएकी थिईन् ।

एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले राजदुत अम्बिका देबी लुइन्टेलले फ्रान्समा विवादरहितरुपले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेकोमा संस्थासंग राम्रै सहकार्य गरेको र विभेदरहितरुपले सम्पूर्ण संघसंस्थाहरुलाइ साथ र सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै देशलाइ बिभिन्न रुपमा योगदान गर्दै जानेछन् भनि संस्थाको तर्फबाट शुभकामना दिए ।

फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देबी लुइन्टेल मानन्धर अब एक सातामा नेपाल फर्किदै छिन् भने हालसालै दिपक अधिकारी फ्रान्समा राजदुत पदमा नियुक्ति भइ राष्ट्रपति बाट सपथ ग्रहण लिइसकेका छन् र केहि सातामा फ्रान्स आउने भएका छन् ।