१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रेमिकालाई खुशी राख्ने उपाय

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार १५:०४

आजकलका युवायुवतीहरूमा छिट्टै प्रेम गर्ने अनि बिहे पनि गरिहाल्ने र डिभोर्स पनि भइहाल्ने चलन व्यापक भएको छ । बैंसमा होश पु-याउनु जरूरी हुन्छ । यसका लागि केही उपाय अपनाउनुपर्ने हुन्छ र पुरुषले नै यसमा ठूलो भूमिका निर्वाह गर्नुपर्छ ।

तपाईंले प्रेमिकाका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्छ । उनले तपाईंमाथि विश्वास गर्न र आफ्ना कुरा नडराई राख्न सक्नुपर्छ । उनले बोल्दा बीचैमा कुरा काट्नु ठीक हुन्न । झगडै प-यो भने पनि जथाभावी बोल्नुहुँदैन । धम्की दिनु हुँदैन । बरू अलि टाढा जाने अनि लामो सास लिएर शान्त हुने कोशिश गर्नुपर्छ ।

आफ्ना भावनालाई तथ्यबाट छुट्याएर हेर्नुपर्छ । कतै मैले उनीप्रति गरेको व्यवहार गलत त छैन भनी तपाईंले आत्मनिरीक्षण गर्नुपर्छ । यसो गर्दा बल्ल तपाईंले प्रेमिकालाई बुझ्न सक्नुहुन्छ अनि द्वन्द्व रोक्नुहुन्छ ।

करुणाको भावना विकास गर्नुपर्छ । एक अर्कालाई यस्तो र उस्तो भन्नु ठीक हुन्न । बरू आफूलाई खुल्ला राख्नुपर्छ । प्रेमिकालाई उचित आदर दिनुपर्छ । करुणापूर्वक प्रेमिकासँग व्यवहार गर्दा उनी आफ्नी हुन्छिन् ।

प्रेमिका आफूभन्दा फरक छिन् भने फरकै रहन दिनुस् । कुनै पनि मान्छे पूरै अर्को मान्छे जस्तो हुन सक्दैन । फरक फरक रुचि र विचारलाई सम्मान गर्न सक्नुपर्छ ।