१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्मला प्रकरणः तत्कालीन बर्खास्तमा परेका विष्टद्वारा आत्मसमर्पण

sarusaru
५ चैत्र २०७५, मंगलवार ०६:३१

काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् ।
विष्ट सोमबार जिल्ला अदालत कञ्चनपुुरमा निवेदनसहित हाजिर भएका हुन् ।
विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए ।
विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू सोमबार अदालतमा प्रमाणसहित हाजिर भएको बताए । उनी अहिले बर्खास्तीमा छन्