१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आगलागीबाट ३५ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट

sarusaru
६ चैत्र २०७५, बुधबार ०२:४१

काठमाडौं । मोरङ र ताप्लेजुङमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

मोरङ ग्रामथान गाउँपालिका २ भृकुटी चोकस्थित जानुका दाहालको गोठमा मंगलबार बिहान आगलागी हुँदा सोही ठाउँ बस्ने दामोदर बरालको घरमा समेत आगलागी भई करिब ३१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

ताप्लेजुङ आठराई त्रिबेणी गाउँपालिका ३ ईसमुरे बस्ने ३९ वर्षीय होमबहादुर लिम्बुको घरमा सोलर बत्तीको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा अन्नपात र लत्ताकपडा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल