१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौंका सडक इटालीयन ब्रुमरले सफा गर्दै

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७५, मंगलवार ०१:४२

काठमाडौं–काठमाडौं महानगरपालिकाले मंगलबार (आज)बाट इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । ब्रुमरले सडक सफा गर्न थालेपछि काठमाडौंको धुलो ८० प्रतिशत कम हुने महानगरको अपेक्षा छ । महानगरले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेका पाँच ब्रुमर फागुन अन्तिम साता काठमाडौं आइपुगेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।