१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ढिस्कोमा परेर एक जनाको मृत्यु

sarusaru
१२ चैत्र २०७५, मंगलवार ०२:०९

खोटाङ : घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको आज मृत्यु भएको हो ।

उहाँको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उनी सासुसँगै माटो खन्न गएकी थिइन् ।
रासस