८ बैशाख २०८१, शनिबार
Follow Us

आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट

sarusaru
१२ चैत्र २०७५, मंगलवार ०३:२३

मोरङ । मोरङमा आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

धनपालथान गाउँपालिका ३ टिटैया बस्ने नारायणकुमार मण्डलको चिया नास्ता पसल र सोही ठाउँ बस्ने मनोज मण्डलको परालमा आगलागी हुँदा फैलिएको आगोले धनमाल जलेर नस्ट भएको छ।

सोमबार बिहान आगलागी हुँदा अनटेस्ट लेखिएको मोटरसाइकल र पसल जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल