१२ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रालयको निर्देशनमा पुस्तक पसल अनुगमन

sarusaru
१२ चैत्र २०७५, मंगलवार ०६:०५

बागलुङ – श्रीस्वस्थानी ब्रत कथाको पुस्तकमा यशु क्रिष्टको विज्ञापन गरेको पाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पुस्तक अनुगमन गर्न निर्देशन दिएपछि सोमबार बागलुङमा रहेको पुस्तक पसलहरुको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा रहेका पुस्तक पसलहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जानकारी दिए । बागलुङ बजारमा रहेका १७ वटा पुस्तक पसलमा पुगेर प्रसासनको टोलिले अनुगमन गरेको थियो । मन्त्रालयले संका गरेको जस्तो बागलुङका पुस्तक पसलहरुमा रहेका पुस्तकमा बिज्ञापन नभेटीएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए ।
अनुगमनमा प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत विदुर चापागाइँ, पुस्तक तथा स्टेशनरी संघका अध्यक्ष थानेश्वर सुवेदी, उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत युवक श्रेष्ठ, राष्ट्रिय उपभोक्ता, मञ्चका जिल्ला सदस्य जयलाल सापकोटा, पुस्तक तथा स्टेशनरी संघका प्रदेश सचिव धु्रव प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यलयका खरिदार रविन्द्र सापकोट, बागलुङ नगरपालिकाका नायव सुब्बा नरेन्द्र बहादुर केसी र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागि थिए ।
जनमञ्च