१३ बैशाख २०८१, बिहीबार
Follow Us

आईपीएलको दोस्रो खेलमा अटाएनन् सन्दीप

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७५, मंगलवार १५:१४

नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ ।

दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल खेल्ने प्रतिक्षाको घडी अझै लम्बिने देखिन्छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सञ्चालित खेलमा अहिले टस जितेर दिल्लीले पहिले ब्याटिङ गरेको छ ।

दिल्लीको प्लेइङ–११ मा शिखर धवन, पृथ्वी शा, कप्तान श्रेयस ऐर, ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा रहेका छन् ।