७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मला हत्याका ९ महिना : पीडितलाई न न्याय, न शान्ति

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार ०२:५२

काठमाडौं – कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्यो । अनुसन्धान टोलीले ६० जनाभन्दा बढीको डीएनए परीक्षण गरिसक्यो । यसबीचमा प्रहरीले धेरै पटक भनि पनि सक्यो— अपराधीको नजिकै पुग्यौं । तर पीडितले न्याय नपाएको देख्दा लाग्छ, अनुसन्धान ज्यूँका त्यूँ छ । शून्यमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोली अनुसन्धानमै छन् । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए परीक्षण गरिएका व्यक्तिसँग मेल खाएको छैन ।

साउन १० गते बेपत्ता निर्मलाको शव ११ गते उल्टाखामनजिकै उखुबारीमा शव भेटिएको थियो । अन्नपूर्ण पाेस्ट दैनिकमा विस्तृतमा खरब छ ।