७ बैशाख २०८१, शुक्रबार
Follow Us

बारा र पर्सामा भएको घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

sarusaru
१८ चैत्र २०७५, सोमबार ०५:५६

बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछु ।

ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।

मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।

प्रचण्ड
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)