१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कहालीलाग्दो त्यो ‘एक मिनेट’

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०२:४२

बारा – बारा फेटा गाउँपालिका–१ भलुई भरवलियाका शिवजी राउत जयसवालले आइतबार परिवारसँग रमाउँदै खाना खाए । सदाझैं खाना खाएपछि उनले परिवारका सदस्यलाई सुत्न पठाए र आफू पनि सुत्ने तरखरमा लागे । अचानक उनका अगाडि यस्तो विपत् आइलाग्यो, जसले एकछिनअघिको खुसीलाई ‘एक मिनेट’ मै शोकमा बदलिदियो ।

सामान्य वर्षा र हावाले भयानक रूप लिँदा सुत्ने तरखरमा रहेका जयसवाल परिवार घरविहीन बन्न पुग्यो । त्यति मात्र होइन, भुमरीसहितको भीषण हुरीले घर भत्काउँदा उनकी भाउजू मनरमा देवी जयसवालको तत्काल निधन भयो । परिवारका अन्य सदस्यको ज्यान जोगिए पनि त्यो क्षण आफ्ना लागि कहालीलाग्दो बनेको उनी बताउँछन् । उनले भने, ‘खुसीका साथ बसिरहेको परिवारलाई हावाहुरीले एक मिनेटमै तहसनहस बनाइदियो ।’ घर उजाडिएको पीडाले उनी भावविह्वल छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।