१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१० पदाधिकारीलाई गाडी सुविधा, क–कसले पाउने भए ?

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०२:५३

हेटौंडा–प्रदेश ३ सरकारले प्रदेशसभाका १० पदाधिकारीलाई सवारीसाधन सुविधा दिने गरी प्रस्ताव गरेको छ । प्रदेशसभाका सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेता, सत्ता पक्षको मुख्य सचेतक र समितिका सभापतिलाई सवारी साधनको सुविधा हुने गरी संशोधन प्रस्ताव गरेको हो । विपक्षी दलका प्रमुख सचेतक र सचेतकले सुविधा पाउने यसअघिको व्यवस्था भने संशोधनमार्फत हटाउन प्रस्ताव भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

यसअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेतालाई मात्रै गाडी सुविधा थियो ।