८ बैशाख २०८१, शनिबार
Follow Us

विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०३:०१

काठमाडौं – पत्नी उपचारका लागि अमेरिका गएका सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल केही दिनको अमेरिका बसाइपछि चैत १४ गते बिहीबार नेपाल फर्किए। त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ त नेपालीले नेपाली नेतालाई सम्मान गरेको पाइनँ।’

अमेरिका भ्रमणको तीतो अनुभव सुनाउँदै आइतबार प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन पत्र’ जारी नगरेको भए अमेरिकामा आफूलाई ‘जे पनि हुन सक्ने’ खुलासा गरे।

प्रचण्डमाथि अमेरिकास्थित मेरिल्यान्ड अदालतमा द्वन्द्वकालीन मुद्दाका विषयलाई लिएर उजुरी परेको थियो। अमेरिका बसिरहेका नेपाली तिलकबहादुर श्रेष्ठले प्रचण्ड अमेरिका ओर्लुनुअघि नै उनीविरुद्ध मुद्दा दायर गरिसकेका थिए।अमेरिकास्थित नेपाली दूतावासको समन्वयका कारण नै आफूमाथि कुनै विपद् आइनपरेको प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खुलाए।

सशस्त्र द्वन्द्वको समयमा प्रचण्डले नेतृत्व गरेको तत्कालीन माओवादी समूहलाई अमेरिकाले आतंककारी सूचीकृत गरेको थियो। यसअघि सन् २०१६ मा पनि प्रचण्ड यस्तै घटनाबीच अस्ट्रेलिया जानबाट रोकिएका थिए। तत्कालीन समयमा अस्ट्रेलियाको न्यु साउद वेल्थमा रहेका नेपालीले उनीविरुद्ध अन्तर्राष्ट्रिय अदालनमा मुद्दा दायर गर्ने चर्चाबीच उनको अस्ट्रेलिया भ्रमण स्थगित भएको थियो।

त्यसवेला केपी ओली नेतृत्व सरकारको सत्ता सहयात्री माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण यो पनि भएको कतिपयको बुझाइ छ। नागरिकमा खबर छ ।