८ बैशाख २०८१, शनिबार
Follow Us

यसरी चल्यो बारामा हावाहुरी

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०३:१७

काठमाडौं–जल तथा मौसम विज्ञान विभागका अनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदा बारामा ठूलो हावाहुरी चलेको हो ।
‘अरेबियन सागरबाट पश्चिमी वायुसँग पोखरामा विकास भएको स्थानीय वायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवन हुँदै पर्सा–बारातिर चिसो हावा गयो । उता, बंगालको खाडीबाट उत्तर–पश्चिम हुँदै बारातिर तातो हावा आयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमी वायु पोखरामा विकास भएको स्थानीय चिसो वायु र बंगालको खाडीबाट आएको वेग युक्त वायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’

विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।