१३ बैशाख २०८१, बिहीबार
Follow Us

६ हजार पीडित राहत र पुनः स्थापनाको पर्खाइमा

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार ०२:४४

बारा । बारा र पर्सामा आएको भीषण हुरीबाट प्रभावित ६ हजार पीडितलाई राहत र पुनःस्थापनामा गम्भीर समस्या देखिएको छ । हुरीबाट घाइते भएकाहरूको उद्धार भए पनि घरबारविहीन बनेकाहरू राहत र पुनःस्थापनाको पर्खाइमा छन् । प्रभावितलाई पाल टाँगेर राखिएको छ भने कैयौं प्रभावितहरू अझै खुला आकाशमुनि बस्न बाध्य छन् । प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन खतरासमेत बढेको छ ।

राहतका लागि सरकारी अधिकारीहरूले राम्रो व्यवस्थापन गर्न नसकेको गुनासो पीडितको छ । बाराको फेटा गाउँपालिकालाई केन्द्र बनाएर आएको विनाशकारी हावाहुरीका कारण धेरै परिवार यहाँ विक्षिप्त छन् । मानविय क्षति त भई नै सक्यो । अब बाँचेकालाई राहत र पुनःस्थापनाको सवालमा साँच्चिकै राहत दिनुपर्ने चुनौती फेटामा छ । राहत लिएर आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि अन्योलमा परेका छन् । सरकारी संयन्त्रबाट गर्नुपर्ने तयारी र योजनामा कमजोरी देखिएको सहजै अनुमान लगाउन सकिने संघसंस्थाका प्रतिनिधिको भनाइ छ ।
राजधानी दैनिकमा खबर छापिएको छ ।