१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिंहदरबार पुनर्निर्माण, ८ दशमलव ८ रेक्टरको भूकम्पबाट नभत्किने बनाइँदै

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार ०२:४९

काठमाडौं । सरकारले गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ को भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनलाई ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्नेगरी पुनर्निर्माण थालेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडालाई सबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको हो ।

प्राधिकरणले यसअघि सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भागलाई पुनर्निर्माण गर्ने तयारी गरे पनि पुनः सबलीकरण गर्ने निर्णयमा पुगेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबलीकरणकै आधारमा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार भएको जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा पश्चिमी मोहडालाई पनि सबलीकरण गरिने बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।