१५ चैत्र २०८०, बिहीबार
Follow Us

आँधी प्रभावितका लागि बाबुरामले दिए प्रदेश सरकारलाई ५ लाख

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०८:१६

काठमाडौं–बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।

भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले जानकारी दिए ।