१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘आँधी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन’

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०९:४९

काठमाडौं– खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ ।
प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने एक्वा ट्याब दिएको हो ।

पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाईएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जानकारी दिए ।

विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडर समेत खानेपानी डिभिजन कार्यालय बारामा दिईएको बताए ।

हावाहुरी आँधीले क्षति पु(याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको थियो ।