४ बैशाख २०८१, मंगलवार
Follow Us

डीएसपीको काज सरुवा (नामावलीसहित)

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०९:५०

काठमाडौं– नेपाल प्रहरीका तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चितवन टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाइएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।