६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमनत्री र मुख्यमन्त्रीबीच यी विषयमा भए छलफल

sarusaru
२१ चैत्र २०७५, बिहीबार ११:०३

काठमाडौँ–प्रधानमन्त्री केपीओलीसँग भएको छलफलमा मुख्यमन्त्रीहरुले विभिन्न विषयमा असन्तुष्टि जनाएका छन् । उनीहरुले सात प्रदेशका मुख्यमन्त्रीहरुले यसअघि अन्तरप्रदेश समन्वय परिषद बैठकले निर्णय गरेका २९ बुँदे कार्यायोजना कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
मुख्यमन्त्रीहरुको गुनासो पछि प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय समन्वय परिषदको बैठक बोलाएर समस्या समाधानका लागि पहल गर्ने आश्वसन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा आज बसेको बैठकमा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको रिपोर्टिङ गर्नुका साथै परिषदले गरेका निर्णय कार्यन्वयनमा केन्द्र सरकारले चासो नदेखाएको भन्दै गति दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरुले जारी राष्ट्रिय विकास परिषदको बैठक र त्यसमा समेट्नुपर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल गरेका छन् । उनीहरुले आगामी बजेटमा प्रदेशलाई ३३ प्रतिशत बजेट छुट्याउन आग्रह समेत गरेका छन् ।
त्यस्तै प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा काम गर्न असजिलो भएको भन्दै त्यसका लागि बाटो फुकाउन पहल गर्न समेत मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।