८ बैशाख २०८१, शनिबार
Follow Us

चोरीको स्कुटरसहित एक जना पक्राउ

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०४:०२

साँखु। महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ। बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा पार्किङ गरिराखेको बा२९प ६०७९ नंको कालो रङको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उजुरीपछि प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरसहितको प्रहरी टोलीले बिहीबार साँझ बुढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट स्कुटरसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।

ओखलढुङ्गा घर भई कपन साततले बस्ने १६ वर्षीय विकास रानामगरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए।

प्रहरी प्रभाग कपनले यसअघि पनि बुढानीलकण्ठबाट मोटरसाइकल चोरी गरी फरार भएको भन्दै प्रहरीको हटलाइनमा उजुरी परेको केही समयमै चोरसहित कपनबाट मोटरसाइकल बरामद गरेको थियो।
डिसी नेपाल