७ बैशाख २०८१, शुक्रबार
Follow Us

एन्फा विवादको फैसला आजै

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार ०८:०७

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न चुनावको पारो ह्वात्तै बढेको छ । चुनावको मिति कात्तिक ८ नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत तान्न सक्रिय छन् । एन्फा अध्यक्षको लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हु्ँदैछ । दुबै उम्मेदवारले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् ।

कार्यवाहक अध्यक्ष श्रेष्ठलाई पूर्व अध्यक्ष गणेश थापाको समर्थन रहेको दाबी एउटा पक्षले गरिरहँदा स्वयं श्रेष्ठले भने यसलाई स्विकारेका छैनन ।

तर पनि जिल्ला, क्लब तथा अन्य समुहको भोट आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ । उता तत्कालिन अध्यक्ष थापाविरुद्ध लामो समयमसम्म आन्दोनल गरेका कर्मा छिरिङ शेर्पाले एन्फामा परिवर्तनको नारा दिएर लोकप्रियता बटुलेका छ् ।

अध्यक्षसँगै एक उपाध्यक्षको लागि हुने निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । श्रेष्ठ समूहबाट मणि कुँवर, शेर्पा सुहबाट दिपक खाती र पुर्व खेलाडी उपेन्द्रमान सिंहले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसैबीच एन्फाको चुनाव रोक्न माग गर्दै परेको रिटमाथि पाटन उच्च आदतलमा आज छलफल हुँदैछ । अदालतले यस विषयमा आजै फैसला गर्ने सम्भावना छ ।

रेफ्री समितिका विनोद केसीसहितको समुहले हालेको रिट प्रारम्भिक सुनुवाइका क्रममा अदालतले गत असोज १४ गते आजसम्मका लागि चुनावी कार्यक्रम रोक्न माग गर्दै अन्तरिम आदेश दिएको थियो ।

एन्फामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले नाम फिर्ता लिने समय पनि आजसम्मको रहेको छ । चुनाव हुन तीन दिन मात्रै बाँकी रहँदा एन्फा साधारणसभाको लागि केही जिल्लाको प्रतिनिधि विवाद मिलेको छैन । विवादित जिल्लाहरुको सुचीमा पछिल्लो पटक कञ्चनपुर थपिएको छ ।