१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिज्ञापनमा छापिए जस्तै नहुन सक्छ है युरोपको पोल्यान्ड

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार ०८:५१

आजभोलि पत्रिकाका पानाहरुमा बैदेशिक रोजगारको नाममा ठगी भन्दै समाचारहरु देख्न र सुन्न पाइएको छ । वास्तवमा हामीहरु आँफै यथार्थता नबुझ्दा यस्तो भएको हो । अहिले पोल्यान्डको नाममा धेरै नेपालीहरु ठगिएको समाचार आई रहेका छन् ।
पोल्यान्डमा १ लाख कमाइ हुन्छ रे ! पोल्यान्डबाट सेन्जेन देशमा गएर भकाभक काम पाइन्छ रे ! कार्ड चाडै बन्छ रे ! कसले भनेको ” कन्सल्टेन्सिले भनेको ? कन्सल्टेन्सिको साथमा पुर्याउने मेरो साथिले भनेको । जग्गा बेचेर भिजा लाग्यो । अब त म युरोप छिर्छु जसरी पनि छिर्छु ।” एकोहोरो नेपालका भाइहरु बोलेको सुन्दा अचम्म लाग्छ । मानौ पैसा बोटमा फल्छ कि भने झै गरी लाखौ लाख कसैलाई बुझाइरहेका छन । धेरै भ्रममा बिश्वास गरिरहेका छन् । पढ्ने होइन कमाउने रे ? हासो उठ्यो सयौ ठाउ नमस्ते भनेपछि पोल्यान्डमा कृषि रेस्टुरेन्टमा काम त पाइएला ।तर पनि धेरैको सिप नभएर हालत खराब घन्टाको बढिमा २ युरो । तर नेपालमा ९९ औ जना ठगिएको कुरा कहा गरिन्छ र ? १ जना ठुलो संघर्ष गरेर प्रगति गरेको व्यक्तिको क्रेडिट लिदै ९९ जना ठग्न तल्लीन हुन्छन् ठगहरु । मेसेज हेरे सयौको प्रश्न आएको छ ।सबैको जवाफ म दिन असमर्थ छु । मात्र औसत जवाफ पोल्यान्डमा कमाई घन्टाको औसत २ युरो हुन्छ । हिसाब आफै गर्नुहोस् । आजभोलि को जमानामा पनि थाहा पाएन भनेर ठगिने हो भने हाम्रो भन्नु के भो र ? स्कर्शिपमा आउनुहोस् । पढ्ने खर्च पुग्छ भने आउनुहोस् । पैसा के गरु भन्ने भएको छ भने मेरो भन्नु केहि छैन । तर रिन गरेर कमाउछु र तिर्छु भनेर न आउनुहोस ।जग्गा बेचेर न आउनुहोस् ।कसैले त १७ लाख तिरेर आएका छन् रे भन्ने पनि सुनिन्छ । १७ लाख तिरेर पोल्यान्ड आउनेले घन्टाको औसत २ युरो कमाएर कहिले त्यो पैसा उठाइ सक्ने हो ? सावधान ठगहरुदेखि ।सावधान झुटा कुरा गुलियो कुरा गरेर ठग्ने ठगहरु देखि ।

पोल्याण्ड यस्तो देश हो जुन देशले दोस्रो विश्व युद्ध मा अत्यधिक पीडा भोगेको छ । जुन देशले युद्धको महाबिनाश भोगेको छ । जुन देशमा ७० लाख जनताहरु केही बर्षमै मारिए । जुन देशलाई रसिया र जर्मनीले टुक्रा टुक्रा पारेको थियो । यो देशलाई हिट्लरले तहस नहस पारेको हो । हाम्रो देशमा १७ हजार मान्छेको रगत १० बर्षमा बग्दा त हामी कति आहत थियौ हामी कति पीडित थियौ । हाम्रा हरेक रातहरु अनिदामा बिते यसो कल्पना गरौ त दोस्रो विश्वयुद्धको समय केही वर्षमै झन्डै एक लाखले ज्यान गुमाउदा यो देशको तस्विर कस्तो भए होला अनुमान गर्न पनि कठिन छ । विश्व नक्सामा १२३ वर्ष मेरो पोल्यान्ड भन्न पाएनन यहाँका जनताहरुले पहिलो विश्वयुद्दताका यही देशका नागरिकहरुलाई आफ्नो भाषा बोल्दा पनि कडा सजाए थियो । । कतिले त आफ्नै भाषा पोलिश बोलेबापत पनि मारिएका थिए । यो देशले धेरै पीडा भोगेको देश हो । धेरै गरिबी भोगेको देश हो । धेरै भोकमरी बाट गुज्रिएको देश हो । तर जब १९९० मा लेचेक बल्च्वोरोस्कीले शक थेरापी लाइ प्रयोगमा लिए तब पोल्यान्डको आर्थिक अवस्था धेरै सुध्रदै गयो । उनको यस् प्रयोगले पोल्यान्डको अर्थतन्त्रलाई धेरै मज्बुत बनाउने काम गर्‍यो र पोल्यान्ड्को अर्थतन्त्र बजार अर्थतन्त्रमा परिणत भयो । पोल्याण्डले आजको समयमा धेरै प्रगति गरेको छ । जब यो देश 2004 मा इ यू मा प्रवेश गर्‍यो तब यसले धेरै प्रगति गर्दै गयो तै पनि धेरै बेरोजगारीको समस्या अहिले पनि भोगेको छ धेरै पोलिश युवाहरु नर्वे ब्रिटेन डेन्मार्क अमेरिका गएर काम गर्दछन । आज पनि पोल्यान्डका लाखौं जनताहरु ब्रिटेन छन् । लाखौं जनताहरु अमेरिका छन् । साथै अरु देशमा पनि । कुनै समय सार्है जटिल अवस्थाबाट गुज्रिएको देश आज धेरै अगाडि आएको छ तर हाम्रो देश नेपाल झन पछाडि । झन भ्रस्टाचारिहरु ।

तर अहिले पोल्यान्डको नाममा बिभिन्न प्रलोभन देखाउदै बिभिन्न मिडियहरुमा बिज्ञापन छपाउदै गरीब नेपाली दाजुभाइहरुलाई झुक्क्यैरहेका छन् । । विभिन्न पत्रपत्रिकाहरुमा पोल्यान्डको नाममा आकर्षक बिज्ञापन पढ्न पाइरहेका छौ । धेरै जसो बिज्ञापनहरु झूट हुन् सबै कपोकल्पित हुन यस्ता कुराहरुमा कोही नलाग्नुहोस् । तपाईंहरुको जिन्दगी बर्बाद बनाउने अनि एक दुई जनाको उदाहरण दिएर सयौलाई ठग्ने शकुनिहरुका कपटी पासाहरु हुन् । ती बिज्ञापन होइनन् ती त तपाईंहरुलाई नाङो बनाउने आफु मोटाउने फटाहा तरिकाहरु हुन् । तपाईंहरु पनि बहकाउमा लागेर कसैलाई पैसा नदिनुस् । पोल्यान्डको बारेमा राम्रो सँग बिचार गर्न सकेको भए केही मात्रामा भएपनि तपाईंहरु ठगिन बाट बच्नु हुने थियो ।

पोल्यान्डमा नेपालीहरुलाई कसरी नेपाली दलालहरुले ठगेर नेपालीहरुलाई अल्पत्र पारे भन्ने बारेमा मित्र लाल पार्देको लेख “कतै तपाईंहरु युरोपको नामबाट ठगिदै त हुनुहुन्न “भनी सावधान गराउन खोजिएको लेख बिभिन्न अनलाइन मिडियाहरु एवम एैक्यवद्दतामा प्रकाशित् भएको थियो । अहिले पनि तपाईंहरु गूगलमा खोजेर पढ्न सक्नुहुन्छ ।

हामी हरु बिदेशमा आउँदा केही कुराहरुमा ध्यान दिन सक्यौ भने अवश्यपनि केही मात्रामा ठगिनबाट बच्न सक्छौ । हामीले दलालहरुले भनेको कुरामा शत प्रतिशत विश्वास गर्ने हो भने हामीलाई उनिहरुले हरिकङाल बनाउछन अनि उनिहरु मोटाउछन् । जुन देशमा जादैछौ त्यो देशको बारेमा भाषा सन्स्क्रिती रहन सहन् थोरै मात्रामा भएपनि जान्नै पर्दछ जसले गर्दा तपाईंहरुले वास्तविकता थाहा पाउन सक्नुहुन्छ । केही वर्ष अघि नेपालीहरु पोल्यान्ड आउनु भो तर खै कागजमा भने कम्पनी देखाइएको तर काम गर्न पाउने कम्पनी नभएको किसिम्को समस्या आएको थियो उहाहरु नेपालबाट आउनु भयो तर यहाँ उहाहरुको कुनै कम्पनी थिएन । ती नेपाली दाजु भाईहरुलाई पनि नेपालको फटाहा मेनपावरले ठगेको रहेछ । दलालहरुको मिलेमतोमा ठगिनु भएको रहेछ ।
विदेश भन्दैमा पैसा कमाइन्छ भन्ने न सोच्नुहोस् । म युरोपका केही भागहरुमा देखेको छु कि वर्षौ वर्ष भयो नेपालमा परिवारसँग संपर्क छैन एक किसिम्को सामाजिक जटिल्ता देखा परिरहेको छ । कति नेपाली दाजु भाईहरु त धेरै वर्षदेखि गैर कानुनी रुपमा बस्दा बस्दा घर परिवारदेखी नै टाढिनु परेको तितो यथार्थता छ । जसले गर्दा पारिवारीक जटिल्ता पनि देखा परेको छ । सरकार लाचार बनेको छ देश छोडेर जान खोज्ने नेपाली दाजु भाईहरुलाई आफ्नै देशमा उचित बातावरण दिन सकेको छैन । बन्दुक बारुद गोली किन्ने पैसाले नेपालमा उद्द्योगहरु खोल्न पहल गरे के हुन्छ सरकारले ? हिम्मत छ सरकारको भने यसरी बिदेश भनेर सयौको घरबार बिल्लिपाठ गरिदिनेहरुलाई कडा भन्दा कडा सजाय हुनै पर्दछ । अनि बिज्ञापन छाप्ने पत्रिकाहरुले ले पनि अलीकति सचेत भएर केही निती नियमनुसार बिज्ञापन छाप्नु पर्छ । अझै पनि हाम्रो गाउघरका सोझा सिधा नेपालीहरुले पत्रिकामा छापिएको हो भनेर विश्वास गर्दछन । बिज्ञापन नितिमा सुधार हुनै पर्दछ । पैसा आउछ भन्दैमा गैर कानुनी रुपमा चलेका संस्थाका गैर कानुनी बिज्ञापन छाप्नु तथा प्रसारण गर्नु पनि एक किसिमको सामाजिक अपराध हो । जुन संस्था राज्यको कुनै निकायमा दर्ता नै छैन त्यस्ता संस्थाको बिज्ञापन छाप्दा केही बुझेर मात्र छाप्नु पर्दछ । धेरै नेपाली दाजु भाईहरु बिज्ञापनको भ्रममा परेर आफ्नो अमुल्य जीवन बर्बाद बनाइरहेका छन् । अत अब बिज्ञापन नितिमा पनि केही सुधार गर्ने कि नत्र हाम्रो देशमा हजारौं नेपाली हरु ठगिन्छन् ।

पोल्यान्ड सम्बन्धी धेरैले सोधेको प्रश्नहरु एक एक गरेर सयौलाई दिन असमर्थ छु यहाँ औसत रुपमा जवाफ दिने प्रयास गरिएको छ ।
पोल्यान्डमा पढ्दै महिनाको खर्च र कलेज फी तिर्न सकिन्छ कि सकिदैन ?
– धेरै धेरै धेरै गार्हो छ ।
२ पोल्यान्डमा महिनाको एक लाख रुपैया पढ्दै कमाउन सकिन्छ कि सकिदैन ?
– पढ्ने समय कटाएर औसत २ युरो घण्टाको हिसाब गर्नुहोस् ।
३ पोल्यान्डमा कार्ड खुलेको छ रे के यो सत्य हो ?
सत्य होइन
४ पोल्यान्ड फुल समय काम गर्नेहरुले कति कमाउन सक्छन् ?
– औसत ५० हजार
५ के एउटा कम्पनिमा काम गरेर टि आर सी लिएको व्यक्ति सिधै अर्को कम्पनीमा गएर काम गर्न पाउछ ?
-सिधै पाउदैन यदि कम्पनीको लागि आवश्यक व्यक्ति भएमा कानुनी प्रकृया पुरा गरेर राख्न सक्छन् तर सिप नभएकोलाई कम्पनिहरुले यो झन्झेट लिन चाह्दैनन् ।
६ कति बर्षमा पी आर हुन्छ ?
यदि ५ वर्ष सम्म लगातार कामदार भिजामा रहेर ट्याक्स तिरेर पोल्यान्ड कानुनको नियममा रही काम गरेको छ भने उसले पि आर पाउन सक्छ ।

७ के हेल्थ इन्सुरेन्स अनिवार्य छ ?
हरेक कामदार एवम बिद्यार्थीहरुलाई स्वास्थ्य विमा अनिवार्य छ । अन्यथा पोल्यान्ड सरकार उपचार गराउन वाध्य छैन ।
८ के पि आर पाएको व्यक्तिले सिधै अरु ठाउमा काम गर्न पाउछ ?
– पाउछ भोट् हाल्ने अधिकार बाहेक अरु सामाजिक अधिकार पाउछ