१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार १७:१८

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ । मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ ।

गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।