१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

sarusaru
३ जेष्ठ २०७६, शुक्रबार ०३:१४

काठमाडौँ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दिने विषयमा पूर्ण सुनुवाइका लागि संयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो विषयमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय निरुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “विवादति वषियवस्तुको प्रकृतितर्फ दृष्टगित गर्दा प्रस्तुत विवादको पूर्ण सुनुवाइ संयुक्त इजलासबाट हुन मनासिव देखियो ।” आदेशमा संयुत्त इजलासबाट सुनुवाइ हुँदा प्रस्तुत विवादसम्बन्धी मुद्दा र कानूनी प्रश्नको महत्व र जटलिताको कारणबाट पूर्ण इजलासबाट संयुक्त इजलासमा पठाउने उल्लेख छ ।

आदेशमा सबै पक्षको लिखित जवाफ प्राप्त भएको हुँदा नागरिकतासम्बन्धी विवादका सबै मुद्दालाई एकै साथ राखी फैसला गर्न संयुक्तमा पठाएको उल्लेख छ । सर्वोच्चले जन्मसिद्ध नागरिकलाई नागरिकता खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको निवेदनलाई राख्ने आदेश गरेको थियो । सर्वोच्च अदालतले यसअघि जन्मसिद्धि नागरिकता भएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको गृहमन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
डिसी नेपाल