११ बैशाख २०८१, मंगलवार
Follow Us

अदालत–भूमाफिया कनेक्सन, साढे पाँच बिघा सरकारी जमिन व्यक्तिको नाममा

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७६, शुक्रबार ०३:१२

झापा। झापाको एक सरकारी कार्यालयको साढे ५ बिघा जमिन भूमाफियाले अदालतलाई नै प्रभावमा पारेर आफ्नो नाममा पारेको खुलासा भएको छ ।
शिवसताक्षी नगरपालिकास्थित कन्काई सिँचाइ आयोजनाको करोडौं मूल्य पर्ने जमिन झापा जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्णेश्वरप्रसाद उपाध्याय र पुनरावेदन अदालत इलामका न्यायाधीश रमेश पोखरेलको फैसलाले व्यक्तिको नाममा गएको पाइएको हो ।

३ पुस २०२७ मा वन मन्त्रालयले सिँचाइ आयोजनालाई भोगचलन गर्न साढे १४ बिघा जमिन दिएको थियो । तर, सो जमिनमध्ये खुला चौरका रूपमा रहेको साढे ५ बिघा जमिन सिँचाइ आयोजनाले थाहै नपाई व्यक्तिको नाममा गएको कन्काई सिँचाइ आयोजनाले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।