११ बैशाख २०८१, मंगलवार
Follow Us

निगमले घटायो पेट्रोल र डिजलको मूल्य

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७६, शुक्रबार १६:२२

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य शुक्रबार मध्यराती १२ बजेदेखि लागू हुनेछ ।

योसँगै अब काठमाडौंमा एक लिटर पेट्रोल खरिद गर्न प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल खरिद गर्न प्रतिलिटर ९७ रुपैयाँ तिर्नुपर्नेछ ।