१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने गुरुङ पुर्पक्षका लागि जेल चलान

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०२:३२

प्रहरी नायव उपरीक्षक (डिएसपी)को कुर्सीमा बसेर फोटाे खिच्ने भारत बैंगलोर कनिका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङ पुर्पक्षाका लागि जेल चलान गरिएको छ । उनी झापा विर्तामोड नगरपालिका–५ मा बस्दै आएका थिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षाका लागि जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्ने आदेश गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो । पक्राउपछि उनलाई झापास्थित इलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाहीका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अनाधिकृत तवरले डिएसपीको कुर्सीमा बसेर फोटो खिचेर त्यसलाई सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनाएको पाइएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । सोही मुद्दामा उनलाई अदालतले पुर्पक्षाका लागि जेल चलानको आदेश सुनुवाइ गरेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।