१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लघुवित्तका कर्मचारीको हत्या

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार १६:४८

पाँचथर– पाँचथरको हिलिहाङ गाँउपालिका–६ सिटे भन्ने स्थानमा लघुवित्तका एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ बजे शव फेला परेको हो । घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिए ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक अनिलकुमार पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले बताए ।
घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जङ्गलको बीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो ।