८ बैशाख २०८१, शनिबार
Follow Us

गुठी विधेयकविरुद्व प्रदर्शन, आक्रामक नाराबाजी

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार ०७:४०

काठमाडौं–सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ ।
राजधानीको बानेश्वर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ । जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।
सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् ।