१५ चैत्र २०८०, बिहीबार
Follow Us

अनुशासित विद्यार्थी: बाँदर

sarusaru
१९ श्रावण २०७६, आईतवार ०२:०१

नयाँदिल्ली : भारतको आन्ध्र प्रदेशस्थित कुर्नुल जिल्लामा रहेको एउटा सरकारी स्कुलमा हालै एक अनौठो विद्यार्थी भर्ना भइन् ।

उनी एक ‘नट्टी स्टुडेन्ट’को रुपमा चिनिन्छिन् । तर स्कुलभरी र वरपर समेत उनी एक रोचक विद्यार्थी पनि हुन् । पछिल्लो १५ दिनयता पिपुली मन्डल स्कुलका विद्यार्थीहरु पढ्न भन्दा पनि उनलाई हेरेरै समय बिताउँदै छन् ।

खासमा यो स्कुलमा एउटा घरपालुवा बाँदरलाई भर्ना गरिएको हो । खैरो रंगको यो महिला बाँदरलाई पनि विद्यार्थीकै हैसियतमा राख्न थालिएपछि धेरैले अचम्म ठानेका छन् ।

२ वर्षे उमेरको यो बाँदर अरु विद्यार्थी झैँ स्कुल जान्छ । कक्षाकोठामै बस्छ । ‘द न्युज मिनट’ले यसबारे लामो फिचर तयार पारेको छ । उसका अनुसार यो बाँदरको गतिविधि स्थानीय मिडिया र स्थानीयबासीका लागि रोचक लाग्ने गरेको छ ।

स्कुलका हेडमास्टर एस अब्दुल लतिफका अनुसार उ कक्षाकोठामा अनुसाशित विद्यार्थीकै रुपमा बसिरहन्छ । उक्त लंगुर बाँदरले कक्षाबाहेक विद्यार्थीहरुसँग खेलेर पनि समय बिताउने गरेको छ ।

त्यसो त उसको मान्छेकै जस्तो नाम पनि छ, लक्ष्मी । रोचक त उसको पनि केही निकट साथी छन् । जोसँग उ प्राय समय बिताउँछ । ३ कक्षाकी सुधा लक्ष्मीकी मिल्ने साथी हुन् । उनीहरु प्राय धेरै समय जिस्किरहन्छन् ।

अन्नपूर्ण पोष्ट