१३ बैशाख २०८१, बिहीबार
Follow Us

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १३:३६

काठमाडौं । मलेसियामा सञ्चालित एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको छ । नेपालले मकाउलाई १–० गोलले पराजित गरी उपाधि जितेको हो ।
बर्षाले प्रभावित खेलमा मिडफिल्डर सुजल श्रेष्ठले एएफसी सोलिडारिटी कपअन्तर्गत नेपाललाई पहिलो गोलको अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक बन्यो । उनले २९ मिनेटमा डिबक्स भित्रबाट भरत खवासले दिएको क्रस पासमा को पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए ।