८ बैशाख २०८१, शनिबार
Follow Us

सरकार परिवर्तनको पक्षमा कांग्रेस छैन् : सुजाता

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १२:०८

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नो पार्टी सरकार परिर्वतनको पक्षमा नरहेको बताएकी छिन् । काठमाडौं क्षेत्र नम्बर–५ ले मंगलबार राजधानीमा गरेको महिला भेला तथा पुरस्कार वितरण कार्यक्रममा नेतृ कोइरालाले सरकार परिर्वतन गरेर मुलुकलाई अस्थिरतामा लैजान नहुने बताएकी हुन् ।
उनले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा ल्याउनु अहिलेको चुनौति भएको भन्दै सबै राजनीतिक दलको साझा प्रयासबाट मात्र संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताइन् । नेपाली कांगे्रस प्रमुख प्रतिपक्षमा बसेर जनताको सेवा गर्नुपर्ने र सरकार परिवर्तन गर्ने समय नभएको उनको भनाई थियो ।
कार्यक्रमका अन्य वक्ताहरुले भने संविधान कार्यान्वयन नहुँदा मुलुकले गति लिन नसकेको भन्दै अब आर्थिक क्रान्तिमा अगाडि बढ्न नेताहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–५ मा सञ्चालित कम्प्युटर तालिममा सहभागि महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो ।